
काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक बसेको हो । बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।