NTC App - Ad

पूर्व मन्त्री पाण्डेद्वारा सामाजिक सञ्जालमार्फत निरन्तर चिन्ता जारी

काठमाडौं, ५ बैशाख / नेपालको परराष्ट्र सम्बन्ध विज्ञ एवं पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सामाजिक सञ्जालमार्फत देशले व्यहोर्नु पर्ने सम्भावित सङ्कटका बारेमा निरन्तर चिन्ता ब्यक्त गरिरहेका छन् । देशमा विकसित राजनीतिक विचलनले मुलुकलाई कता लैजाने हो ? भन्ने विषयमा यस्तो चिन्ता आफूमा रहेको उनले बताउँदै आएका हुन् ।
नेपालको राजनीतिक असन्तुलनसँगै सामाजिक सञ्जालको दुव्र्यवहार हुने गरेको र यसको उचित प्रयोगका लागि पूर्वमन्त्री पाण्डेले आमरुपमा ध्यानाकर्षण गराँउदै आएका छन् । अर्थ तथा राजनीतिक शास्त्रमा लामो अध्ययन गरेका पूर्वमन्त्री पाण्डेले नेपालको वस्तुगत परिस्थितिलाई सुधारको बाटोमा लैजान कठिन हुने सङ्के समेत सामाजिक सञ्जालमार्फत जारी अभिब्यक्तिमा उल्लेख गरका छन् ।
पूर्वमन्त्री पाण्डेले बैशाख ५ गते सबेरै पनि इन्टरनेट सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारलाई पूर्णता दिनेक्रममा देखिएको कठिनाईको विषयमा पनि असन्तुष्टि जनाए । उनले देश कता जादै छ ? भनेर समेत पोष्ट गरेको उक्त धारणा प्रश्न गरेका छन् ।
पूर्व मन्त्री एवं लेखक रमेशनाथ पाण्डेले पछिल्लो पटक जारी गरेको अभिब्यक्तिमा भनेका छन् ‘४ महिनामा ८ पटक विस्तार गर्दा पनि मंन्त्री परिषद्ले पूर्णता पाउन सकेन । ५ महिनादेखि सँसद असरल्ल अवस्थामा छ, संसदका समितिहरु गठन हुन सकेका छैनन् । डेढ वर्षदेखि सर्वाेच्च अदालतको प्रधान न्यायाधीश नियुक्त गरिएको छैन । कानून विपरित राजस्व मासेर बेरूजु रकम ९ खर्ब पुगेको छ । पछिल्लो ८ महिनामा ४८ अर्बको चामल र तरकारी आयात भएको छ । नेतृत्वको ध्याउन्न कहाँ छ ?’
त्यसैगरी पूर्व मन्त्री पाण्डेले नेपालीहरुलाई नयाँ वर्षको अवसर पारेर शुभकामना दिदै आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले ब्यक्त गरेको उक्त धारणामा भनिएको थियो ‘नेपालका लागि छिमेकीहरुको उन्नतिले दिएको अवसर खेर फालेर, तिखारिदै गएको द्वन्दले बढाएको जोखिम उपेक्षा गरेर २०७९ सत्ता लुछाचुडिमा नै बित्यो । अहिले शासकीय कमजोरीले भारत र चीनसँगको विश्वासको संचिती रित्तिदै गएको छ । अमेरिका र चीनको भिडन्तमा नेपाल फस्न थालेको छ ।
पूर्व मन्त्री पाण्डेले यसअघि जारी गरेको धारणामा २०७९ को असफलता र निराशाको गरूङ्गो भारीले कुप्रिएको २०८० साल शुरु भएको र नेपालको लागि नयाँ वर्ष शुभ बनाउन जनतामा सजगता र नेतृत्वमा जनताको डर चाहिएको औंल्याउँदै नयाँ वर्षको शुभकामना ब्यक्त गरेका थिए ।
तत्काकालीन् समयमा पत्रकारिता पेशामा समेत संलग्न रहेर कमल चलाउँदै आएका पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले मुलुकमा विकसित राजनीतिक चरित्रले आमजनताको अपेक्षा पूरा गर्न नसक्ने बताउँदै आएका छन् । भौतिक रुपमा आयोजना हुने सार्वजनिक मञ्चहरुको विकल्पमा पनि आफ्नो धाराण सार्वजनिक गर्न लोकप्रिय बन्दै गएका इन्टरनेट सामाजिक सञ्जालहरुको प्रयोग गर्न सर्वसाधारणलाई सजग गराउने अभियानमा समेत रहेका पाण्डेले विभिन्न महत्वपूर्ण अवसरमा आफ्ना धारणा जारी गर्ने क्रममलाई निरन्तरता दिदै आएका छन् । उने केही अघि पनि राष्ट्रको हितमा महत्वपूर्ण धारणा सार्वजनिक गरेका थिए । उन समेत सक्रीय राजनीतिक अस्थिरताले नेपालको भारत चीन र अमेरिका नीतिले पिङ खेल्न थालेको छ ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra