मनाङका गुरुङ पनि मानपदवीद्वारा सम्मानित

काठमाडौं, १ बैशाख / हरेक वर्ष राष्ट्रपतिद्वारा प्रदान गरिने यस वर्षको मानपदवी, अलंकार र पदकमध्यबाट मनाङका बहुमूखि प्रतिभाका धनी कलाकार तथा व्यवसायी विनोद गुरुङ पनि सम्मानित भएका छन् । २०७९ सालको संविधान दिवसका उपलक्ष्यमा घोषण गरिएको विभुषण मध्ये जनसेवाश्री पदकबाट गुरुङ सम्मानित भएका हुन् ।

नयाँ वर्ष २०८० सालको अवसर पारेर बैशाख १ गते शुक्रवार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पदक प्रदान गरेका थिए । ७ सय २८ जनाले प्राप्त गरेको उक्त विभुषणमध्ये जनसेवाश्री पदकबाट सम्मानित मनाङका विनोद गुरुङ प्रखर समाजसेवी, कलाकार, पत्रकार, पर्यटन अभियान्ता, खेलकूद प्रबद्र्धक, व्यावसायिक संगठनको अगुवा र रेडक्रस सोसाईटीका समेत अगुवाका रुपमा चिनिन्छन् ।

Advertisement:

जनसेवाश्री पदकद्वारा सम्मानित हुन पाउँदा अत्यन्त खुशीको लागेको बताउदै सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने ‘बिगत २३ बर्षदेखि मनाङमा पर्यटन ब्यवसायदेखि लिएर मैले गरेको समाज सेवाको उच्च कदर भएको मलाई लागेको छ । मेरो उचित मूल्याङ्कन गरी कदर गरिएकोमा गौरवान्बित छु ।’
नेपाल सरकार र सम्बन्धित निकायहरु प्रति कृतज्ञता ब्यक्त गर्दै मनाङ जिल्लाका सामाजिक, सांस्कृतिक, आर्थिक बिकास, खेलकुद बिकास तथा बातावरण संरक्षणमा बिगत दुई दशकदेखि योगदान दिंदै आएका विनोद गुरुङले जिल्लाको पर्यटन बयवसायी समितिमा मनाङ जिल्लाको अध्यक्ष, मनाङ जिल्ला फुटबल संघको अध्यक्ष, मनाङ सञ्चार बिकास समाजको अध्यक्ष, मनाङ उद्योग बाणिज्य संघको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको उपसभापति, शान्ति समितिको सदस्य, जिल्ला शिक्षा समितिको सदस्य भएर नेतृत्व समेत गर्दै आईरहेका छन् ।

गाउँपालिकास्तरीय संघ संस्थाहरू पनि उनको विशेष रुपमा योगदान दिदै आएका छन् । मिथेवा, अन्नपूर्ण संरक्षण क्षेत्र ब्यवस्थापन समिति टंकी मनाङको सचिव र मनाङको अध्यक्ष भई संरक्षण, बिकास र पर्यटनको क्षेत्रमा सक्रीय रहेका उनी मनाङ जिल्लाको पर्यटन बिकासमा कटिबद्द रहेका छन् । मनाङमा ङिस्याङ क्षेत्रको पुरानो गीत सङगीतको खोजी गरी गीति सङ्ग्रह प्रकाशमा ल्याएर मनाङको मौलिक र पुरानो गीत सङ्गीतको संरक्षणमा पनि उनको विशषे भूमिका रहेको छ । अब पनि आफ्नो बुद्वि बिवेक र क्षमताले भ्यायसम्म मनाङ जिल्लाको हरेक क्षेत्रको बिकासमा लाग्ने प्रेरणा प्राप्त पदकबाट मिलेको विनोद गुरुङ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application