एसिड आक्रमण पीडित समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौंडाकी विन्दावासिनी कंशाकारलाई समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको श्रव्य सामग्री सार्वजनिक भएसँगै समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको रास्वपाले श्रेष्ठको निष्कासनपछि रिक्त हुने प्रतिनिधिसभा सदस्यमा कंशाकारको नाम सिफारिस गर्ते निर्णय गरेको हो ।
श्रेष्ठलाई बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरित काम गरेको भन्दै श्रेष्ठलाई कारबाही गरेको जानकारी दिए । प्रतिनिधिसभा सदस्य सिफारिस गरिएकी कंशाकार रास्वपा केन्द्रीय सदस्य हुन । कंशाकार १० वर्षअघि एसिड आक्रमण पीडित समेत हुन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस