NTC App - Ad

नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी

काठमाडौं, २९ चैत / अर्थतन्त्र नकारात्मक दिशामा गएको सर्वत्र चर्चा चलिरहदा राष्ट्रबैंकले बाहिर हल्ला भएजस्तो नकारात्मक नभए पनि सुधार गर्नु पर्ने अवस्थामा रहेको स्वीकार गरेको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी सार्वजनिक गरेको हो ।
नेपाल राष्ट्र बैंकले आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा देशको अर्थ तन्त्र सुधार गर्नु परिस्थितिमा रहेको उल्लेख गरेको छ । यसका साथै अर्थतन्त्र सुधारोन्मूख रहेको दावी पनि उक्त प्रतिवेदनमा समावेश गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त आर्थिक वित्तीय स्थितिको प्रतिवेदन मासिक प्रतिवेदने पनि हो ।
नेपाल राष्ट्र बैंकको आफ्नै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफै उपस्थिति भएर प्रतिवेदन सार्वजनिक गर्दे अर्थतन्त्र सुधारोन्मुख रहेको र नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको सन्देश समेत सार्वजनिक गरेका थिए । सम्मेलनमा उनले भने ‘‘नेपालको बैंकिङ क्षेत्र केही सुधारोन्मूख रहेको चर्चा चलेपनि समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ, बाहिर हल्ला चले जस्तो जोखिम आउने अवस्था छैन ।’
अर्को एउटा तथ्याङ्क प्रस्तुत गर्दै गभर्नर अधिकारीले बैंंक तथा वित्तीय संस्थाहरुको पूँजीकोष ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशतभन्दा माथि रहेको र बैंकहरुसँग २४ प्रतिशत भन्दामाथि तरल सम्पत्ति रहेको बताए । कोभिडपछिको सम्भावित जोखिमअनुसार थप प्रोभिजन गर्नुपर्ने व्यवस्था, नियमन तथा सुपरीवेक्षणमा कडाइले गर्दा निष्क्रिय कर्जा केही बढेपनि जोखिमको अवस्था नरहेको गभर्नर अधिकारीले जानकारी दिए । बैंकहरुको निष्कृय कर्जा अनुपात औसतमा २.४९ प्रतिशत पुगेको र ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले त्यसलाई जोखिम मान्ने गरेको छ । अर्थतन्त्रको सूचक सुधार भएको र नागरिकले त्यसको महसुस गर्न समय लाग्ने पनि गभर्नर अधिकारीले दाबी गरे । विदेशी विनियम सञ्चिति, चालु खाता र शोधनान्तर स्थितिको तुलनात्मक तथ्यांक प्रस्तुत गर्दै बाह्य क्षेत्र सुधार भएको पनि उनले प्रष्ट पारेका छन् ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra