जीप दुर्घटनामा ६ जनाको मृत्यु, हाम्फालेर ५ जनाले जोगाए ज्यान



काठमाडौ, २९ चैत / बैतडीमा १२ जना सवार एउटा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । गए राती बैतडी जिल्लाको पाटन नगरपालिका –८ को झाउलेक भन्ने स्थानमा उक्त जीप दुर्घटना भएको हो ।
जीप सडकबाट ५ सय मिटर तल खस्दा ५ जनाले हाम्फालेर ज्यान जोगाएको र चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयले आमसञ्चार माध्यमहरुलाई जानकारी दिएको छ । बताईएअनुसार खोड्पेदेखि बझाङ जादै गरेको उक्त जीप पाटन नगरपालिका–८ मा जिप दुर्घटनामा परी एकै गाउँका ६ जनाको मृत्यु भएको हो ।
से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दिएको जानकारीमा उल्लेख गरिएको छ । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । के कारणले जीप दुर्घटना भएको हो ? प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ