विराटनगरका सार्वजनिकस्थलहरुमा गुट्खा, खैनी र चुरोट प्रतिबन्ध

विराटनगर, २८ चैत्र / विराटनगर महानगरपालिकाका सार्वजनिक स्थलहरुमा गुट्खा, खैनी र चुरोट सेवनमा प्रतिबन्ध लगाईने भएको छ । महानगरपालिकाको नगरसभाकोपछिल्लो निर्णयअनुुसार आगामी बैशाख १ गतेदेखि नै यस्तो प्रतिवबन्ध लगान लागिएको हो ।
विराटनगर महानगरपालिकाले सञ्चालन गर्न लागेको सफा, सुन्दर, व्यवस्थित र विकसित महानगर बनाउने अभियान सफल पार्न महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न प्रतिवन्ध गर्न लागिएको महानगरका अधिकारीहरुले बताएका छन् ।
ध्रुमपानदेखि प्रेसर हर्न बजाउन समेत प्रतिबन्ध गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले आमसञ्चारकर्मीहरुलाई बताएका छन् । उनका अनुसार ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको हो । महानगरको यो अभियानमा सम्पूर्ण नगरवासीहरु र सरोकारवालाहरुलेसमेत साथ दिने विषयमा आफू विश्वस्त रहेको पनि महानगरप्रमूख कोईरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस