५ बुँदे स्पष्टीकरण दिन निगमलाई मन्त्रालयको निर्देशन



काठमाडौं, २८ चैत्र / विभिन्नि विकृतिका कारणले थलिनै लागेको नेपाल वायु सेवा निगमलाई ५ बुँदे स्पष्टीकरण दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले सोमवार पत्राचार गरेर ३ दिनभित्र यस्तो स्पष्टीकरण निर्देशन दिएको हो ।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ५ बुँदे स्पष्टीकरण पत्राचार गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरुले आमसञ्चार माध्यमहरुलाई बताएका छन् । मलेसियाको चार्टर उडानबाट नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) लाई के कति भार थपिएको हो ? दिल्लीमा पांग्रा बिग्रिएर उडान ढिलो भएको र भाडामा पांग्रा लिँदा हुने आर्थिक भारसँगै किन पांग्रा जगेडा नराखिएको र काठमाडौं–दुबई उडानमा को–पाइलट बिरामी हुँदा रोकिएको उडान, त्यसबाट निगमलाई भएको आर्थिक क्षति र के कारणले पाइलट व्यवस्थापन नभएको हो ? भनेर निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग स्पष्टीकरण मागिएको छ ।
मन्त्री सुदन किरातीले मन्त्रालयको जिम्मेवारी लिएपछि आन्तरिक उडानमा रहेको ट्विनअटर जहाजको उडान तथा ग्राउन्डेड समय र त्यसबाट निगमलाई परेको आर्थिक भारको विषयमा पनि मन्त्रालयले कार्यकारी अधिकारीसँग जवाफ मागेको छ भने विमानस्थलबाट लगेज हराएको विषयमा पनि मन्त्रालयद्वारा स्पटष्टीकरण खोजिएको छ ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ