NTC App - Ad

परम्परागत संस्कृति बचाउन र दाईजोप्रथा अन्त्य गर्न सह्रानीय प्रयासको थालनी

वीरजञ्ज, २४ चैत्र / विदेशी संस्कृतिको हस्तक्षेप बढ्दै गएसँगै नेपालको सम्यताजनक मौलिक परम्परागत सस्कृति विनाशहुदै जान थालेपछि एक सामाजिक संस्थाले यसको जगेर्ना गर्न नयाँ अभ्यास शुरु गरेको छ । वीरगञ्जको रघुवीरराम मेमोरियल ट्रष्टले यस्तो अभ्यासको शुरवात गरेको हो ।
स्थानीय जातीय पहिचान र सभ्यता झल्काउन प्रचालनमा ल्याईएका मौलिक परम्परागत वैवाहिक संस्कृतिमा विदेशी संस्कृति र दाईजो प्रथाको अतिक्रमणले त्यस्तो संस्कृति लोप हुने र स्वरुप विग्रने अवस्था आएकोले यस किसिमको कार्यक्रम आयोजना गर्न लागिएको सो ट्रष्टले जानकारी दिएको छ ।
पिछड़ा वर्गलाई आर्थिक समस्याबाट छुटकारा दिलाउन, दाइजो प्रथा उन्मूलन गर्न र बाल विवाहलाई निरुत्साहित गर्न यस किसिमका सामूहिक विवाह उत्सवको आयोजना गर्न लागिएका ट्रष्टद्वारा जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । कुनै पनि हिन्दु समाज र परिवारले कार्यक्रममा आफ्नो विवाह योग्य छोराछोरीको विवाह गराउन सक्नेछ । यहि चैत्र ३० गतेभित्रमा विवाहका लागि इच्छुक उमेर पुगेका जोडी र उनीहरुको परिवारले आफ्नो नाम दर्ता गराईसक्न पनि ट्रष्टले आग्रह गरेको छ ।
ट्रष्टका अधिकारीहरुले जानकारी दिए अनुसार रघुवीर राम मेमोरियल ट्रस्ट द्वारा ५१ जोड़ी वर वधु को निशुल्क विवाह सम्पन्न गराउन लागेको हो । सामूहिक शुभ विवाह कार्यक्रम वैदिक सनातन हिन्दु परम्परा र कर्मकाण्डको माध्यमबाट गरिने पनि बताईएको छ । आगामी वि.सं. २०८० साल बैशाख २८ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म होटल क्लार्क रिसोर्टमा उक्त सामूहिक विवाह सञ्चालन गरिने ट्रष्टका एक अधिकारीले बताएका छन् । उक्त कार्यक्रमका लागि इच्छुक परिवारले आफ्नो विवाह योग्य छोराछोरीको विवाह गराउन चाहेमा सम्पर्कमा आउन समेत सूचना सार्वजनिक गरेको छ ।

विपन्न समुदायको उन्नतिका लागि काम गदै आएको गैर नाफामूलक संस्था रघुवीरराम मेमोरियल ट्रस्टले विपन्न वर्गलाई चिकित्सा सहयोग, विवाह सहयोग, शिक्षा सामाग्री प्रायोजन तथा छात्राबृत्ति उपलब्ध, खाद्यान्न वितरण कार्यक्रम र समुदायलाई विभिन्न प्रकारका सहयोग पु¥याउदै आएको छ ।

Advertisement:

 

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra