आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई दिईने



काठमाडौं, २४ चैत / नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले प्रदान गर्ने आदर्श पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई दिईने भएको छ । एक लाख एक हजार एकसय एघार रुपैयाँ राशीको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्न लागिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय समितिको पूर्व अध्यक्ष एवं काठमाडौं शाखाका संस्थापक अध्यक्ष बरष्ठि पत्रकार किशोर नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय शाखाको विहिवार बसेको बैठकले निर्णय गरेको थियो । आगामी शनिवार हुने शाखाको २३ औं साधारणसभामा सो पुरस्कार प्रदान बरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने शाखाका सचिव महेश्वर गौतमले जानकारी दिएका छन् ।
महासंघ काठमाडौ शाखाका संखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको र बिहीवारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको सचिव गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ

चौतारा, १६ बैशाख, जिल्लाका पत्रकारहरुको क्षमता वृद्धिको लागि डिजिटल पत्रकारिता सुरु भएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा

तातोखबर संवाददाता : श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहादेबको सासनकालको  एक्काइसौं बर्षमा बनेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९