रामेछापमा सवारी दुर्घटनाहुँदा ५ जनाको मृत्यु

रामेछाप, २४ चैत्र / रामेछापमा सवारी दुर्घटना हुँदा ५ जनको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका–७ कौछिनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी सडकबाट करिब १ सय ५० मिटर तल खस्दा सवाररत यात्रुहरुमध्य ४ जनाको मृत्यु भएको १० जना घाईते भएकोमा एक जनाको अस्पताल लैजानेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयले आमसञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाईएको छ । प्राप्त समाचारमा मृतक सबैको सनाखत भएको जनाईएको छ । जसमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।
कौछिनीका ५० वर्षीय चालक दलबहादुर आलेमगरको उपचारको क्रममा मृत्यु भएको र उनको मन्थली अस्पतालमा मृत्यु भएको बताईएको छ । अन्य घाइतेको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस