जनशक्ति पलायन रोक्न स्वदेशमै प्रयास गर्दै अलनेपालजबडटकम



काठमाडौं, २३ चैत्र / कोदालोदेखि कलमहुँदै कम्प्युटर चलाउने वेरोजगार जनशक्तिलाई पलायन हुनबाट जोगाएर स्वदेशमा नै सम्भावना भएको पुष्टि गर्न सञ्चालन गरिदै आएको अलनेपालजबडटकमले नेपाली युवाहरुमा सीप सिक्न र स्वदेशभित्रै आत्मनिर्भरताका बाटो अपनाउन आग्रह गरेको छ ।
देशमा अस्थिर सरकारहुनु र अर्थतन्त्र धराशायी बनाईदै लगिने राजनीतिक कृयाकलापबाट वाक्क दिएका भएका नेपाली जनशक्तिलाई पलायन नहुन उक्त अनलार्ईन पोर्टल सञ्चालकले यस्तो आग्रह गरेका हुन् ।
भाईरल नेपाल जबप्लेसमेन्टका प्रबन्ध निर्देशक सञ्जय सिंहले नेपाली जनशक्तिमा शैक्षिक योग्यताको विकास हुदै गएको तर त्यसले श्रम बजारमा प्रतिष्पर्धा गर्न कठिनाई ब्यहोर्नु परेका कारण नेपाली जनशक्ति विभिन्न कारणले विदेश पलायन हुदै जादा देशको उत्पादन शक्तिमा गिराओट आएको र यसले देशको अर्थतन्त्रका साथै कुनै पनि उत्पादनमा आत्मनिर्भरता कायम गर्न सक्ने अवस्था नरहेको दावी गरे । तातोखबरसँग कुरा गर्दै उनले भने ‘राजनीतिक अस्थिरता खडा गरेर नेपाली जनशक्तिलाई स्वदेशमा नटिकाउने रणनीति बनिरहेका जुनसुकै शक्तिको चलखेल रोक्न पनि अब सीप सिकेर स्वदेशमा नै रोजगार एवं स्वरोजार बन्ने विषयमा नेपाली युवाहरुले सोच्नु पर्छ । विदेश पलायन हुने सोच बदल्नु पर्छ ।’
अलनेपालजबडटकममार्फत रोजगारदाता र रोजगारको अवसर कुरिरहेका दुवै पक्षलाई जोड्न काम निकै नै सह्रानीय भएको सरोकारवालाहरुले समेत बताएका छन् । भाईरल नेपाल जब प्लेसमेन्टले दक्षता हासिल गरिरहेका जनशक्तिका लागि सजिलै रोजगारको अवसर उपलब्ध गराउँदै आएको छ भने अल्प दक्ष र दक्षता नभएका जनशक्तिलाई आवश्यक परामर्श एवं तालिम दिएर पनि रोजगार एवं स्वरोजगार बनाउने प्रयास गरिरहेको कम्पनीकी सीप विकास संयोजक स्नेहा खत्री बताउँछिन् ।
भाईरल नेपाल जब प्लेसमेन्ट प्रा.लि.ले रोजगारदाता आफूलाई चाहिएको जस्तो सुकै श्रमिक माग भएको जानकारी र रोजगारको अवसर खोजीरहेका जनशक्तिलाई आफूलाई सुहाउँदो किसिमको काम अलनेपालजबडठकमबाट सजिलै प्राप्त गर्न सक्ने प्रविधि सञ्चालनमा ल्याएको छ । यो अनलाईन विगत १ दशकदेखि सञ्चालनमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

मकवानपुर – थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले कात्तिक १७ गते मध्यरात जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका कारण पीडितहरुलाई राहत उपलब्ध

मकवानपुर – मनहरी गाउँपालिका र चेपाङ्ग समुदायका अग्रज व्यक्तित्वहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदीवासी जनजाती समुह मकवानपुरको सहजीकरण

तातोखबर, काठमाडौं / नमस्ते पेले आफ्नो सेवालाई चुस्त र अझ बढी सहज बनाउन थप सेवा सुविधा विकास गर्ने तयारी गरिरहेको