
दमौली, २२ चैत्र / आगामी वैशाख १० गते सम्पन्न हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र १ मा कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ । चर्चामा रहेका सुरक्षा अधिकारी, अर्थवित्त क्षेत्रमा विज्ञता हाँशिल गरेका राजनेता र पार्टिमा लामो समयदेखि राजनीति गरिरहेका नेता चुनावी मैदानमा होमिएका कारण चुनावी प्रतिष्पर्धा कडा हुने सङकेत देखिएको हो ।
उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट विजय हाँशिल गरेका राष्ट्रपति रामचन्द्र पौडेलले सांसद पदबाट राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा कस्ले बाजी मार्ला भन्ने ब्यापक अड्कलबाजी गर्न थालिएको छ । नेपाली कांग्रेसले विजय प्राप्त गरेको सो क्षेत्रमा नेकपा एमाले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने नेपाली काँग्रेसमै रहेर राजनीति गर्दै आएका अर्थविद् डा. स्वर्णिम वाग्लेले काँग्रेस छोडेर फरक पार्टिबाट उम्मेदवारी दिएपछि त्यहाँको राजनीतिक सरगर्मी तातिएको छ ।
सुरक्षा अधिकारीको जिम्मेवारीबाट अवकाशप्राप्त सर्वेन्द्र खनाल नेकपा एमालेले हार व्यहोरेको उक्त क्षेत्रमा प्रतिष्पर्धामा उत्रिएपछि त्यहाँको निर्वाचन थप चर्चाको विषय बन्न पुगेको छ भने नेपाली काँगे्रसले ५ हजार ३ सय ८० को मतान्तरले जितेको उक्त क्षेत्रमा गोविन्द भट्टराईले जित्न सक्ने सम्भावनालाई उक्त निर्वाचन क्षेत्रका मतदाताहरुले समेत चासोका साथ हेर्न थालेका छन् ।
काठमाडौंको निर्वाचन क्षेत्र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाटै पराजित भएका एमालेका प्रत्याशी सर्वेन्द्र खनाललाई नै कांगे्रसले जितेर रिक्त रहेको उक्त क्षेत्रमा कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका नेता डा. स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराईसँग एमालेले हार व्यहोरेका तनहु निर्वाचन क्षेत्र १ मा प्रतिष्र्धा गर्न निकै नै कठिन पर्ने अनुमान राजनीतिक बृत्तमा चल्न थालेको छ ।