NTC App - Ad

इ–लर्निङ्ग प्लेटफर्म सार्वजनिक गर्दै चिम्पभाईन

काठमाडौं, २१ चैत्र / सूचना प्रविधि विकासमा क्रियाशील निजी संस्था चिम्पभाईनले आधुनिक सिकाई प्रणाली इ–लर्निङ प्लेटफर्म सार्वजनिक गर्ने घोषणा गरेको छ । चिम्पभाईनले एक एक टेक स्टार्टअपले इ–लर्निङ प्लेटफार्म सबै प्रयोगकर्ताहरुको लागि सार्वजनिक गर्ने घोषणा गरेको हो ।

‘अब खेल्दै सिक्छ नेपाल’ भन्ने नाराका साथ चिम्पभाईनको गेमिफाड ई–लर्निङ प्लेटफार्म देशभरका प्रयोगकर्ताहरुको लागि उपलब्ध हुने गरी सार्वजनिक गरेको चिम्पभाईनकी सूचना अधिकारी सोफिया गहतराजले जानकारी दिएकी छिन् । उनका अनुसार चिम्पभाईनको नयाँ गेमिफाईड ई–लर्निङ प्लेटफार्ममा प्रयोगकर्ताले सहज युजर इन्टरफेस मार्फत प्रि–के.देखि कक्षा ८ सम्मका नेपाली पाठ्यक्रममा आधारित मुख्य विषयहरु सजिलैसग नेभिगेट गर्न र पाठ्यक्रमहरु चयन गर्न सक्नेछन् ।

Advertisement:

प्लेटफार्ममा भएका गेमहरुको नेपाली पाठ्यक्रममा आधारित छन् र ती गेमहरुले अङ्ग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान जस्ता प्रमूख विषयहरुलाई समेट्नुका साथै कक्ष ८सम्मका विद्यार्थीहरुलाई आफ्नो ज्ञान र सीपहरु सिक्नका साथै सुधार गर्नका लागि एक आकर्षक र नावितम माध्यम उपलब्ध गराने चिम्पभाईनकी कार्यकारी निर्देशक साश्या पौडेल बताउछिन् । सिकाईलाई अझै उपलब्धीमूलक बनाउनका लागि प्लेटफार्ममा गेमसँगै क्विज र फ्ल्ःयासकाईसहरु पनि समावेश गरिएको पनि उनले जनाएकी छिन् ।

इ–लर्निङ्ग प्लेटफर्मका विषयलाई जोड दिदै चिम्पभाईनकी कार्यकारी निर्देशक शास्यले भनेकी छिन् ‘हाम्रो लक्ष्य सिकाईलाई रमाईलो र सबैका लागि पहुँचयुक्त बनाउनु हो । विद्यार्थीहरुका सिकाई उपलब्धी गेमिफाई लर्निङ्गमार्फत अझ उपलब्धीमूलक बनाउन सक्छौं भन्ने कुरामा हामी विश्वस्त छौं ।’

मानवीय जीवनशैलीमा आधुनिकता बढेसँगै हालका बालबालिकाहरुलाई मोबाईल फोन र ग्याजेट प्रयोग गर्नबाट रोक्न नसकिने चिम्पभाईनकी व्यपार प्रमूख सृष्टि श्रेष्ठले दावी गरेकी छिन् । उनि भन्छिन् ‘अहिलेको यो समय र प्रविधिको प्रयोगलाई उपलब्धीमूलक बनाउन सकिन्छ । त्यसैले हामीले एउटा प्लेटफर्म सिर्जना गरेका छौं जहाँ बालबालिकाहरुले आफ्नो स्क्रिन समयलाई उपलब्धीममूलक बनाउन सक्छन् ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra