शिक्षक सेवा आयोगले परीक्षा स्थागित नगर्ने

शिक्षक-सेवा-आयोग

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित हुने संभावना नभएको जनाएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार आयोग माविको सामान्य परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी सकेर केन्द्र सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको छ । यसैहप्ता भित्र परीक्षा केन्द्र सार्वजनिक गर्ने गरी परीक्षा केन्द्र तोकिएका जिल्लाले सबै काम सकिसकेको हुँदा परीक्षा स्थगित हुने संभावना नरहेको उनले जानकारी दिए ।

Advertisement:शिक्षक-सेवा-आयोग

आयोगले नेपाली १११, अंग्रेजी ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि आवेदन माग गरेकोमा अङ्ग्रेजी विषयमा ९ हजार ७२५ जनाले आवेदन दिएका छन् ।

आयोगका सूचना अधिकारी मरहठ्ठाका अनुसार नेपालीमा ९ हजार ९७, गणितमा ५ हजार ६२६, विज्ञानमा ५२५०, सामाजिक अध्ययनमा ६२२७, अर्थशास्त्रमा ४८८, कार्यालय सञ्चालन तथालेखामा १ हजार ३९२, शिक्षामा १४८, स्वास्थ्य शिक्षा २१४, शुक्लयजुर्वेमा २ जना, संस्कृत व्याकरणमा १३, संस्कृत भाषामा ३८, कम्प्युटर विज्ञानमा १०८, संस्कृत साहित्यमा ५ जनागरी जम्मा ३८ हजार ३३७ जनाले आवेदन दिएका छन् ।
सामाजिक सञ्जालमा हिजोदेखि नै परीक्षा स्थगित हुने अफवाह फैल्याइएको आयोगले जनाएको छ ।
प्राविको ६ हजार १३ दरबन्दीका दुई दिन भित्र विज्ञापन गरिने

आयोगका अनुसार प्राथमिक तहमा ६ हजार १३ जना तृतीय श्रेणीका शिक्षक छनोटका लागि प्राविधिक कठिनाइ नभएमा दुई भित्र विज्ञापन गर्ने भएको छ ।

आयोगले गत वर्ष माग गरेको १३ हजार २९७ दरबन्दी मध्ये सिफारिस हुन नसकेका २ हजार ९४४ पद सहित विज्ञापन गर्न लागेको हो । आयोगले गत वर्षको विज्ञापनमा माग गरिएभन्दा कम १० हजार ३५३ जना शिक्षकलाई मात्र स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application