क्रिकेट रंगशालाको बिषयलाई लिएर धुर्मुस आक्रोशित



क्रिकेट रंगशालाको बिषयलाई लिएर धुर्मुस आक्रोशित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा भिडियो सार्वजनिक गर्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै आफू सबै हिसाब किताब चेकजांच गराउन तयार रहेको जानकारी दिएका छन् ।

 उक्त भिडियोमा आक्रोशित हुँदै उनले भनेका छन्,  “ म आज अलि आक्रोशित पनि हुन सकुँला । अलि बढी उत्तेजित पनि हुन सकुँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । के गरूँ ? म मानसिक यातना भोगिरहेको छु । डेढ वर्षदेखि डिप्रेस्ड छु । त्यसैले म सुरुमै माफी चाहन्छु । मैले बोलेका शब्दले कसैलाई ठेस पुराउँछ भने म माफी चाहन्छु जब नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराध हो ? के हामीले पाप गरेका थियौँ ? यो मेरो मात्र सपना होइन नि त यो त सबै देशको सपना हो | हामी लुकेर चाहिँ कहाँ गएका छौं ? अहिले पनि रंगशालाका मै छौं, छोडेका छैनौं , हामी सिंहदरबार धाइरहेका छौं , सबै बाट आशावादी भयौँ, २०७८ मा भरतपुर महानगरपालिका लाई हर हिसाब बुझायौं त्यस पछि हामी अनेक मन्त्रालय , सचिवहरू को मा धाउन थाल्यौं , म न पुगेको ठाउँ सायदै कमै होला। गलत तरिकाबाट काम भएको छैन अझै मेरो कहाँ कहाँ हिसाब देखाउन पर्ने हो देखाउन तयार छु , चेकजाँच गरियोस् ,  त्यसैले म बिन्ती गर्छु नेपाल सरकारलाई यदि मेरो कहीँ कतै खोट भेटियो भने तुरुन्त यसको निर्णय होस ” ।



प्रतिक्रिया दिनुहोस !
शिक्षा
सम्बन्धित खबरहरु

काठमाडौं, १५ जेठ / सरकारले आगामी आर्थिक वर्ष२०८०/०८१ को वार्षिक बजेट घोषणा गरेको छ । सोमवार अर्थमन्त्री डा. प्रकाशसरण महतले

काठमाडौं तातोखबर । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ