क्रिकेट रंगशालाको बिषयलाई लिएर धुर्मुस आक्रोशित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा भिडियो सार्वजनिक गर्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै आफू सबै हिसाब किताब चेकजांच गराउन तयार रहेको जानकारी दिएका छन् ।
उक्त भिडियोमा आक्रोशित हुँदै उनले भनेका छन्, “ म आज अलि आक्रोशित पनि हुन सकुँला । अलि बढी उत्तेजित पनि हुन सकुँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । के गरूँ ? म मानसिक यातना भोगिरहेको छु । डेढ वर्षदेखि डिप्रेस्ड छु । त्यसैले म सुरुमै माफी चाहन्छु । मैले बोलेका शब्दले कसैलाई ठेस पुराउँछ भने म माफी चाहन्छु जब नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराध हो ? के हामीले पाप गरेका थियौँ ? यो मेरो मात्र सपना होइन नि त यो त सबै देशको सपना हो | हामी लुकेर चाहिँ कहाँ गएका छौं ? अहिले पनि रंगशालाका मै छौं, छोडेका छैनौं , हामी सिंहदरबार धाइरहेका छौं , सबै बाट आशावादी भयौँ, २०७८ मा भरतपुर महानगरपालिका लाई हर हिसाब बुझायौं त्यस पछि हामी अनेक मन्त्रालय , सचिवहरू को मा धाउन थाल्यौं , म न पुगेको ठाउँ सायदै कमै होला। गलत तरिकाबाट काम भएको छैन अझै मेरो कहाँ कहाँ हिसाब देखाउन पर्ने हो देखाउन तयार छु , चेकजाँच गरियोस् , त्यसैले म बिन्ती गर्छु नेपाल सरकारलाई यदि मेरो कहीँ कतै खोट भेटियो भने तुरुन्त यसको निर्णय होस ” ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस