रवि लामिछानेले पाए क्लिन चिट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महान्यायधिवक्ताद्धारा क्लिन चिट पाएका छन । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताएका छन । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो । उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि विशेषगरी चार वटा आधारका कारण मुद्दा नचलाउने निर्णय गरेको थियो।

Advertisement:

१.  लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डबाट पनि नदेखिएको
२.  वंशजको आधारमा नेपाली नागरिक रहेको र पछि पूर्ण रूपमा विदेशी नभई गैरआवासीय व्यक्तिसरह रहेको देखिएको
३.  राहदानी अध्यागमन विभागबाट रद्द पनि भइसकेको र नागरिकता पुनः प्राप्ति गरिसकेको
४.  लामो समय अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले पनि उनीमाथि मुद्दा चलाउनु नपर्ने भन्दै अनुसन्धान प्रतिवेदन बुझाएको

लामिछानेले राहदानी दुरूपयोग गरेको भन्ने उजुरी परेपछि परिसरले अनुसन्धान गरिरहेको थियो । झूटा विवरण पेश गरी नेपाली राहदानी लिएको भन्दै अनुसन्धान भइरहेको थियो । त्यस्तै, त्याग गरिसकेको नागरिकताको आधारमा निर्वाचन जितेर सांसद बनेको भन्दै उनीविरूद्ध सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले उक्त रिटमा गत माघ १३ गते आदेश दिएको थियो । सर्वोच्चले उनको सांसद पद खारेज गरेको थियो । त्यतिबेला उनी उपप्रधान तथा गृहमन्त्री समेत थिए । आदेश आएसँगै उनले मन्त्रीबाट राजीनामा दिएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर उनले पुनः नागरिकता प्राप्ति गरेका थिए । यस्तै निष्क्रिय भएको नागरिकताबाट लिएको राहदानी पनि फिर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application