आर्थिक सुरक्षामा नेपाल लाईफका कार्यक्रमहरु आकर्षक

काठमाडौं, ६ चैत्र / आर्थिक सुरक्षाका लागि प्रभावकारी सेवा प्रणाली बीमा प्रणाली मानिन्छ, त्यहि बीमा सेवा प्रणालीमा आबद्ध संस्थाहरुप्रति भरोषा बढाउन वास्तवमै नसकिएको बीमा सेवा प्रदायकहरु नै स्वीकार गर्दै आईरहेका छन् । यसको मूल कारण जनचेतनामा कमी र सेवा प्रदायकहरुबीच अस्वस्थ प्रतिष्पर्धा हुनु हो ।
पछिल्लो समयमा प्रतिष्पर्धामा बीमा कार्यक्रमहरु सार्वजनिक गर्दै सेवाग्राहीहरुलाई आकर्षित बनाउने अभियानमा अधिकांश बीमा कम्पनीहरु लागी परेका छन् । त्यसमा पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीप्रति सेवाग्राहीहरुको आकर्षण बढेको देखिन्छ । कम्पनिले जनाएअनुसार झण्डै १४ हजार ५ सय २७ करोडभन्दा बढीको लगानी कोष, २ सयभन्दा बढी कार्यालय सञ्जाल, ३ लाखभन्दा बढी पोलिसी धारक र २.३ लाखभन्दा बढी बीमा अभिकर्ताहरु यस कम्पनीमा रहेको छ ।
नेपाल लाईफले ‘जीवन उन्नति बीमा योजना, नौलो धनवर्षा बीमा योजना र जीवन समृद्धि बीमा योजना’ जस्ता आकर्षक कार्यक्रमहरु पनि अगाडि सारेको छ । ‘एक पटकको लगानी २ पटकको भुक्तानी’ भन्ने नारा सहित नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ७५ वर्ष उमेर पुगेपछि ६० प्रतिशत, ८० वर्ष उमेर पुगेपछि ८० प्रतिश र ८५ वर्ष उमेर पुगेपछि १०० प्रतिशतसम्म भुक्तानी गर्ने कार्यक्रम पनि लोकप्रिय बन्दै गईरहेको छ । यो कार्यक्रमलाई अनमोल बीमा कार्यक्रममा राखिएको छ ।
त्यस्तै ‘मेरो निर्धक्कता परिवारको सुनिश्चितता’ भन्ने नारामा सो बीमा कम्पनीले न्युनतम लगानीमा अधितम जोखिम वहनका साथै लगानी फिर्ताको सुनिश्चिता र कर छुट लाभ जस्ता अवधारणा व्यवहारमा ल्याएको छ । ‘समुन्नत बीमा योजना’ अन्तर्गत नेपाल लाईफ इन्स्योरेन्सको अर्को आकर्षका बीमा कार्यक्रम पनि रहेको छ । समुन्नत बीमा योजनामा १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका जोखिमयुक्त पेशा अपनाउदै आएका बीमितहरुका लागि बीमाङ्कको ३ गुणासम्म र थप बोनससमेत प्रदान गरिदै आएको पनि कम्पनीले जानकारी दिएको छ ।
यसमा दुर्घटनाबाट मृत्यु हुँदा बोनस सहित बीमाङ्कको ३ गुणा भुक्तानी, सामान्य मृत्यु हुँदा बोनससहित बीमाङ्कको २ गुणा र जीवन छँदै पनि बोनससहित १ गुणा भुक्तानी प्रदान गरिदै आएको पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application