देशभर मौसम अस्थिर, कतै सामान्य कतै बदली भई वर्षा हुने सम्भावना

काठमाडौं, ६ चैत्र÷ सोमवार देशभर मौसमको स्थिति अस्थिर रहेको छ । पश्चिमी वायुमा आएको प्रभावका कारण मौसम अस्थिर बन्न पुगेको हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताए अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली हुन सक्ने सम्भाभवना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको छ ।
अपरान्ह सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ । पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा आज रातिसमेत मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको जानकारीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस