उपराष्ट्रपति यादवको सपथ ग्रहण समारोह सम्पन्न

काठमाडौं, ६ चैत / नव निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन् ।
शितलनिवासमा सोमबार विहान १० बजे एक विशेष समारोहको आयोजना गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले आफ्नो पद तथा गोपनीयताका सपथ लिएको शितलनिवास श्रोतले जनाएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका मन्त्री तथा विशिष्ट कर्मचारी र व्यक्तित्वहरुलगायतको उपस्थिति थियो । यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा निर्वाचित यादव जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका हुन् ।
यहि चैत ४ गते निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल सकिएपछि गरिएको उपराष्ट्रपतिको निर्वाचनबाट निर्वाचित यादवको कार्यकाल ५ वर्षको हुने छ । उनले आफ्नो कार्यकालमा लोकतन्त्र बलियो आफ्नो भूमिका रहने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस