पूँँजी बजारको विकासमा समेत गतिरोध देखा पर्दै

काठमाडौं, ५ चैत / नेपाली पूँजी बजार खस्कदै गएको चेतावनी अर्थविद्हरुले दिईरहेको बेला पूँजी बजार उभो लाग्न नसकेको सङ्केतप्रति लगानीकर्ताहरु चिन्तित बन्न थालेका छन् । नेप्सेले प्राप्त गरेको पछिल्लो अङ्कलाई हेरेर पूँजी बजारका लगानीकर्ताहरु चिन्तित बन्न पुगेका हुन् ।
आईतवार रोकिएको नेप्सेमाथी विभिन्न इन्टरनेट सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस्तै चिन्ता ब्यक्त गरिरहेका छन् । आईतवार रोकिएको नेप्सेको अङ्क ६.९० रहेको छ । चैत्रको पहिलो साताको अन्त्ये नहुँदै नेप्सेमा गिरावट आउनेक्रम जारी रहेपछि पूँजीबजारका लगानीकर्ताहरमा निराशा छाउन थालेको पनि अर्थविज्ञहरुको भनाई रहेको छ ।
पूँजीबजारमा आईतवार ३० हजार ७७५ वटा कारोबार भएको र त्यसमा ३१ लख ६३ हजार ३८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको नेप्सेमा उल्लेख गरिएको छ । हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ११ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ ।
चैत्र महिनालागेयता नेप्सेको अङ्कमा गिरावट आउन थालेको र आईतवारको कारोवार पनि उत्साहजन बन्न सकेन । चैत्र ५ गतेको बजार परिसूचक १९२६.४० अंक रह्यो । आईतवार जीवन बीमा, उत्पादनमुलक, लघुवित्त लगायतका उपसूचकमा गिरावट आएको छ । आईतवार बैंकिङ उपसूचक ०.५४ प्रतिशतले घटेको छ भने उत्पादनमुलक, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने १ प्रतिशतभन्दा बढी गिरावटा आएको छ । नेप्सेमा देखिएको गिरावटमा कारोबार रकम पनि घटेको छ । गत बिहीबार १ अर्ब १४ करोड र बुधबार १ अर्ब २० करोडको कारोबार भएको बजारमा आइतबार भने मुस्किलले १ अर्ब नाघेको छ ।
यद्यपी केही उपसूचकमा भने थोरै बृद्धि भएको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, व्यापारु र निर्जीवन बीमा उपसूचक सर्वाधिक ०.८७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२७ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस