NTC App - Ad

मोहन निरौलाको नेतृत्वमा चलचित्र कलाकार संघ

काठमाडौं, ५ चेत्र / नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघको नेतृत्व कलाकार एवं निर्देशक र लेखक मोहन निरौलाले लिएका छन् । संघको शनिवार सम्पन्न १९ औं महाधिवेशनबाट निर्वाचित भएका कलाकार निरौलाले संघको नेतृत्व लिएका हुन् ।
काठमाडौंमा सम्पन्न महाधिवेशनबाट निर्वाचित भएको नयाँ कार्यसमितिका उपाध्यक्ष पदमा कविता गेलाल र शिवहरि बैरागी निर्वाचित भएका छन् भने महासचिव पदको जिम्मेवारी सविन श्रेष्ठले पाएका छन् । त्यस्तै संघको नयाँ कार्यसमितिको सचिव पदमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवालले विजय प्राप्त गरे भने सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।
चलचित्र कलाकार संघको नयाँ कार्यसमितिका सदस्यहरुमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।

चलचित्र कलाकार संघमा यसअघि उपाध्यक्ष भएर काम गर्दै आएका कलाकार एवं लेखक निरौलाले शनिवार सम्पन्न निर्वाचनमा खसेको कुलमतबाट २३५ मत प्राप्त गरी अध्यक्ष पदमा विजय हासिल गरेका हुन् । उनलाई नजिकबाट पछ्याउँदै आएकी प्रतद्वन्दी अभिनेत्री रेजिना उपे्रति २६ मतान्तरमा पराजित हुन पुगिन् ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra