चर्च ब्वाइज युनाईटेड चर्चामा – फुटबलको स्थिति दयनीय



काठमाडौं । नेपालको फुटबलको स्थिति पछिल्लो समयमा दयनीय अवस्थामा पुगेको छ । सरकारले खेलाडिको उचित संरक्षण गर्न नसक्दा धेरै खेलाडिहरु अवसरको खोजीमा बैदेशिक रोजगारिमा जाने क्रम बढ्दो छ । नेपालमा पर्याप्त घरेलु खेल नहुँदा भएका खेलाडिले खेल्ने अवसर पाएका छैनन् भने नयाँ पुस्ताका खेलाडि उत्पादनमा कमी आएको छ । नेपालमा फुटबललाई व्यवसायिक बनाउन र नयाँ खेलाडि उत्पादन गर्न भइरहेको सरकारी प्रयास पर्याप्त नरहेको देखिन्छ ।

चर्च ब्वाइज युनाईटेड शीर्ष डिभिजनको लिगमा नयाँ क्लब हो । गत सिजन सहिद स्मारक बी डिभिजन लिग च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको चर्च ब्वाइज २०७७ सम्म सी डिभिजनमा थियो । उक्त क्लब त्यसै वर्ष बी डिभिजनमा बढुवा भएको हो । बी डिभिजनमा बढुवा भएको पहिलो वर्षमै च्याम्पियन बनेर ए डिभिजनमा उक्लिएको नवप्रवेशी क्लबको खेललाई लिएर धेरैको चासो थियो । ए डिभिजनको डेब्यु खेलमै बलियो टोली नेपाल पुलिसमाथि पुनरागमन जित निकालेर चर्च ब्वाइज चर्चा बटुल्न सफल भएको थियो ।

नेपालको खेल क्षेत्रलाई राजनीतिक क्षेत्रको सहयोगको आवश्यकता परिरहेको समयमा खेलाडि माथि राजनीति भएको विदेशिएका खेलाडिहरुले बताउने गरेका छन । नेपालमा फुटबलको अभिभावक एन्फामा पदाधिकारि बिवाद बेलाबखतमा देख्न सकिन्छ । क्लब र एन्फाको लफडामा ईतिहासमा धेरै पटक घरेलु लिग रोकिएका घटनाले खेलाडिहरुको खेलप्रतिको उत्साहमा कमी आएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा