स्ववियु निर्वाचनको मतदान केन्द्र यी सामान लैजान निषेध !



स्ववियु निर्वाचनको मतदान केन्द्र यी सामान लैजान निषेध

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरेको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचनलाई भयरहित बनाउनका लागि तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए ।

उनका अनुसार पानीका बोतल, पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ, मसी लैजान निषेध गरिएको छ ।

यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्तुमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ । यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।

उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ ।


त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव ९ चैतमा हुने

काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ ।
बिद्यार्थी भर्नालाई लिएर भएको विवादका कारण निर्वाचन तालिका प्रभावित भएको थियो । निर्वाचन अधिकृत राजेन्द्र गौतमले नयाँ चैत ९ गते चुनाव गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् ।
जहाँ मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने उल्लेख छ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ । ५ गते उम्मेदवारी दर्ता र ६ गते उम्मेदवारहरुउपर दावी विरोधका लागि समय दिइएको छ । ७ गते प्रचारप्रसारका लागि समय दिने तय भएको छ ।

७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ । ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ ।
मतदाता विद्यार्थीको नाममा विवाद भएका कारण त्रिविले तोकेको ५ चैतमा चुनाव हुन नसकेको हो ।

भर्ना नभएका र पुराना विद्यार्थीलाई समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले विरोध गरेका थिए ।
तर स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षका कुर्सी-टेबल तोडफोड गरेको थियो ।

विद्यार्थीहरूले क्याम्पस प्रमुख प्रा.डा. सुनिल अधिकारीको कुर्सी र नेम प्लेट नै गेटमा राखेर प्रदर्शन गरे । जहाँ ‘क्याम्पस प्रमुख हराएको सूचना, निर्वाचन अधिकृत खोइ ? लगायतका प्रश्नहरु लेखेर टाँसिएका थिए ।
क्याम्पस प्रशासन र कांग्रेस निकट विद्यार्थी संगठनको मिलेमतोमा फागुन ४ गते फर्जी भर्ना गराइएको आरोप एमाले र माओवादी निकट विद्यार्थी संगठनको छ ।
क्याम्पस प्रशासन स्रोतका अनुसार साढे ८ हजार विद्यार्थी छन् । त्यसमध्ये साढे ७ हजार बढी मतदाता रहने कायम रहनेछन् । यो क्याम्पसमा विगतमा नेविसंघको प्रभाव रहँदै आएको छ । यसपटक पनि नेविसंघको प्रभाव ज्यादा रहेको अन्य संगठनहरु पनि स्वीकार गर्छन् । तर, कांग्रेसमा दुई धार छ । कांग्रेस संस्थापन पक्षबाट बिपिन ढुंगाना आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गर्दै गतिविधि सञ्चालन गरिरहेका छन् । संस्थापन इतर पक्षबाट सुमन बसौला छन् ।
एमालेको अनेरास्ववियुबाट जगतजंग शाही, माओवादी केन्द्रको अखिल क्रान्तिकारीबाट अशोक भण्डारी र नेकपा एकीकृत समाजवादीबाट विकासजंग शाही अध्यक्षका दाबेदार छन् ।
अखिल क्रान्तिकारीका भण्डारीले आफ्नो संगठन हरसम्भव चुनाव गराउन लागिरहे पनि अन्य संगठनले बखेडा झिकेको आरोप लगाउँछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा