मञ्जु अन्सारी जसपाबाट संसद सदस्य पदमा सिफारिस

काठमाडौं, २ चैत्र / प्रतिनिधि सभामा रिक्त रहेको सदस्य पदमा जनता समाजवादी पार्टीले मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी बैठकको निर्णयद्वारा अन्सारीको नाम सिफारिस गरिएको हो ।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट समानुपातिकतर्फ सदस्य चुनिएकी शहनाज रहमानको मृत्यु भएपछि रिक्त्त रहेको उक्तमा सप्तरीकी जसपा नेतृ मञ्जु अन्सारीलाई सिफारिस गरिएको पार्टीका प्रचार प्रसार विभाग प्रमूख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारहरुको नामावलीमा बन्द सूचि तयार पार्दा मुस्लिम महिला क्लस्टरतर्फ दोश्रो स्थानमा नाम रहेकी मञ्जु अन्सारीलाई रिक्त प्रतिनिधि सभा सदस्य पदमा सिफारिस गर्न पार्टीको केन्द्रीय कार्यकारिणीको बैठकको विहिवार निर्णय भएको प्रचार प्रसार विभाग प्रमूख बस्नेतले बताए ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :