विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता



तातोखबर सम्वाददाता
काठमाडौं, २ चैत / नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा विहीवार आयोजित अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा आफ्नो सफलता प्राप्त गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएता पनि नेपालले जवाफी ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकिए पनि डिएल मेडथका आधारमा नेपाल ९ रनले विजेता बन्न सफल भयो ।
खेल जारी रहँदा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका थिए । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका र ५० रन बनाएर आउट भएका थिए । नेपाल अब ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा प्रवेश गरेको छ । नेपालले जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पाउने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा