NTC App - Ad

टर्की र सिरियामा ७.८ म्याग्निट्युडको भूकम्पपछि मृत्यु हुनेहरूको सङ्ख्या अहिले ५० हजार नाघेको छ।

टर्कीमा फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पमा भत्किएका भवनहरूको निर्माणसँग सम्बन्धित ६०० भन्दा बढी मानिसमाथि अहिले अनुसन्धान भइरहेको त्यहाँको सरकारले बताएको छ।

शनिवार न्यायमन्त्री बेकिर बोजडाका अनुसार भवन निर्माण कार्यमा संलग्न ठेकेदार र सम्बन्धित संरचनाका मालिकहरूसहित १८४ जना सन्दिग्धहरूलाई यसअघि नै पक्राउ गरिएको थियो।

Advertisement:

वर्षौँदेखि विशेषज्ञहरूले थुप्रै नयाँ भवनहरू असुरक्षित रहेको चेतावनी दिँदै आएका थिए।टर्की र सिरियामा भूकम्पपछि मृत्यु हुनेहरू पुष्टि भएको सङ्ख्या अहिले ५० हजार नाघेको छ।
बोजडाले ७.८ म्याग्निट्युडको भूकम्प र त्यसको केही घण्टापछि नै शक्तिशाली परकम्प गएको दक्षिण-पूर्वी टर्कीबाट टेलिभिजनमार्फत् सम्बोधन गरेका थिए।

उनले दिएको जानकारीले अनुसन्धान तीव्र भएको प्रस्ट्याउँछ। दुई साताअघि ११३ जनालाई पक्राउ पुर्जी जारी गरिएको अधिकारीहरूले बताएका थिए।
टर्कीका सञ्चारमाध्यमले जनाएअनुसार गिरफ्तारीमा परेकामध्ये एक जना भूकम्प गएको ठाउँ निकट सहरका मेयर हुन्।

भूकम्पपछि टर्कीमा १ लाख ६० हजार भन्दा बढी भवनहरू पूर्ण रूपमा वा गम्भीर प्रकारले भत्किएका छन्।

त्यसले उक्त प्राकृतिक विपद्को प्रभावलाई मानवीय कमजोरीले थप खराब बनाएको हो की भन्ने प्रश्नहरू उब्जाएको थियो।
विपक्षी दलहरू र कतिपय विज्ञहरूले राष्ट्रपति रेजेप ताइयीप एर्दोआनको सरकारलाई भवन निर्माणसम्बन्धी नियम कार्यान्वयन गराउन विफल भएको आरोप लगाउँछन्।

उनीहरूका अनुसार निर्माण क्षेत्र विस्तारलाई प्रवर्द्धन गर्न भवन निर्माण सम्बन्धी नियमहरूको उल्लङ्घन गर्नेहरूलाई आममाफी दिनेबारेका सरकारी नियम हाल भूकम्प प्रभावित क्षेत्रमा पनि कार्यान्वयन गरिएका थिए।
राष्ट्रपति एर्दोआनले त्रुटि भएका स्वीकार गरेका छन् तर उनले विपद्को स्तर ठूलो भएकाले त्यस्तो क्षति भएको जनाएका छन्।

हालै उक्त क्षेत्रको भ्रमणका क्रममा उनले भने, “यस्तो जसरी पनि भएरै छाड्थ्यो। भावीले गरिदिएको योजनाको अंश यो थियो.”
-BBC

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra