जसपा सांसद सहनाज रहमानको वनभाेजमा जाँदा हृदयघातका कारण निधन



काठमाडाैँ । जनता समाजवादी पार्टी(जसपा)की सांसद सहनाज रहमानको वनभाेजमा जाँदा निधन भएकाे छ । उनकाे आज (शनिबार) हृदयघातका कारण निधन भएको जनाइएकाे छ ।
भक्तपुरकाे सूर्यविनायक नगरपालिका– ३ घ्याम्पेडाँडामा वनभाेज मनाउन गएकी रहमानको हृदयघात भएकाे जनाइएकाे छ ।

आज जसपा नेपाल गैर-भौगोलिक विशेष प्रदेश समिति, बौद्धिक पेसाकर्मी समितिले आयोजना गरेको ‘होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रम’ राखेकाे थियाे ।
भद्रपुर नगरपालिका–६ स्थायी घर भई हाल मध्यबानेश्वर काठमाडौँ बस्ने ६४ वर्षीय रहमान वनभोजस्थलमै मेचबाट एक्कासि ढलेर बेहोस भएकी थिइन् । उनलाइ तत्काल उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा लगिएकाकाे थियाे । तर अस्पतालका चिकित्सकले सांसद रहमानको मृत्यु भएको घोषणा गरेको प्रहरी परिसर भक्तपुरले जनाइएकाे छ ।
जसपाकी केन्द्रीय सदस्यसमेत रहेकी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा