तिब्र गतिमा सवारि चलाएर दैनिक जसो दुर्घटना भएर मृत्यु तथा अंगभंग हुने क्रम बढेकाले सरकारले सवारी गति सीमा निर्धारण गरेको छ

काठमाडौं:
सवारीसाधनको गति नाप्ने अभियान तीव्र, कुन सडकमा कति स्पिडमा कुदाउने ?
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सडकमा कुदाउने सवारीसाधनको गति सीमा निर्धारण गरेको छ। कार्यालयका अनुसार अब कलंकी–कोटेश्वर सडकखण्डमा प्रतिघण्टा ५० किलोमिटर गति सीमा तोकिएको छ।
सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटर गति तोकिएको छ। त्यस्तै, कोटेश्वर–भक्तपुर सडकखण्डमा ५० किलोमिटर तोकिएको छ। यी गति सीमाविपरीत बढी गतिमा कुदाए कारबाही परिनेछ।
सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि गति सीमा निर्धारण गरिएको ट्राफिक कार्यालयले जनाएको छ। उपत्यकाका विभिन्न स्थानमा आवश्यकताअनुसार गति सीमा तोकि बोर्डहरू पनि राखिएको ट्राफिक कार्यालयले जनाएको छ।
उपत्यकामा ट्राफिक दुर्घटना रोक्नका लागि ट्राफिक प्रहरिले उपकरण थप गरेर विभिन्न ठाउँमा दैनिक जसो चेकिङ्ग गर्ने भएको छ । तिब्र गतिमा सवारि चलाएर उपत्यकामा दैनिक जसो दुर्घटना भएर मृत्यु तथा अंगभंग हुने क्रम बढेकाले सरकारले यसलाई कडाई गर्ने तयारी गरेको छ । यी गति सीमाविपरीत बढी गतिमा कुदाए ट्राफिक प्रहरिले कारबाही गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस