(कुलेखानी–सिस्नेरी–काठमाण्डौ) सडक खण्डको निर्माणको कार्यलाई शीघ्र सम्पन्न गर्न मा. मुख्यमन्त्रीको पहलमा निर्णयहरू भएको छ ।

हेटौंडा माघ २४ । हेटौंडाबाट काठमाण्डौ उपत्यका प्रवेश गर्ने सडक हेटौंडा–भिमफेदी–हुमाने– फर्पिंग सडकको भैंसे–भिमफेदी खण्ड, हेवी कलंकी–हुमाने खण्ड र हुमाने–फर्पिंग खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको निर्माणको कार्यलाई शीघ्र सम्पन्न गर्न बाग्मती प्रदेशका मा. मुख्यमन्त्रीको पहलमा सरोकारवालाहरु भौतिक पूर्वाधार विकास मन्त्री मा. युवराज दुलाल, आन्तरिक मामिला तथा कानुन मन्त्री मा. गंगानारायण श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री मा. एका लाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी, ट्राफिक प्रहरी कार्यालय, स्थानीय तहहरु, आयोजना कार्यालयहरु, यातायात समितिहरु, निर्माण व्यवसायीहरु लगायत सम्बन्धित सबै पक्षको उपस्थितिमा निम्न निर्णयहरू भएको छ ।
१. भैंसे–भिमफेदी र हुमाने–फर्पिंग खण्डको काम पहिलो प्राथमिकतामा राखी सम्पन्न गर्ने । साथै, सिस्नेरी – छैमले – दक्षिणकाली खण्डको कामलाई पनि अघि बढाउने ।
२. सडक निर्माणलाई तिव्रता दिन फागुन १ गतेबाट २ महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने । आवतजावत गर्न वैकल्पिक सडकको रूपमा हेटौंडाबाट काठमाडौँ जान थानकोट–चित्लांग–मार्खु–कुलेखानी–भिमफेदी र काठमाडौँबाट हेटौंडा आउन कान्ति लोकपथ प्रयोग गर्ने ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस