साझा यातायातको ५६ करोड मूल्यका बिजुली बसहरु पार्किङमा थन्किन पुगेको छ



sajha-yatayat

काठमाडौं । चार्जिङ स्टेसनको समस्या भएपछि साझा यातायातले ल्याएका ३७ वटा बिजुली बस थन्किन पुगेको छ । गत कात्तिकमा चीनको नानजिङबाट नेपाल ल्याईएको करिब ५६ करोड मूल्यका बिजुली बसहरु अहिले बिभिन्न ठाउँमा पार्किङमा थन्किएका छन् ।

अढाइ महिनाअघि देखि नै आयातकर्ता कम्पनीले साझालाई बसहरु बुझेर जिम्मा लिन आग्रह गरिरहेको छ । तर, राख्ने ठाउँको अभाव देखाएर साझाले बस लिन मानेको छैन । सफल परीक्षणसहित ३ वटा बिजुली बस चलाइरहेको साझाले अन्य बिजुुली बसहरु राख्ने ठाउँको समेत टुंगो लगाउन सकेको छैन ।
सरकारकै लगानीमा खरिद गरिएका बसहरु कहाँ राखेर चार्ज गर्ने र पार्क गर्ने भन्ने टुंगो नलाग्दा साझाले बसहरु नै चलाउन सकेको छैन । बसहरुको प्राविधिक परीक्षण भएको लामो समय बितिसक्दा पनि साझाले बस चलाउने वातावरण तयार गर्न सकेको छैन ।
गत वर्ष नै साझाले बिजुली बसका लागि चार्जिङ स्टेसन राख्ने जग्गा उपलब्ध गराउन आग्रह गर्दै पत्राचार गरेको थियो । तर, अझै पनि सरकारले बिजुली बसका लागि डेडिकेटेड चार्जिङ स्टेसनसहित पार्किङ स्थलको व्यवस्था गराएको छैन । यसले गर्दा करोडौंमा खरिद गरिएका बसहरु थन्किने अवस्था बनेको छ । शहरभित्र चल्ने यस्ता बसहरुमा लागि निश्चित ठाउँमा चार्जिङ स्टेसन अपरिहार्य हुन्छ ।

साझाले जग्गा नदिएका कारण ल्याएका चार्जरहरु पनि स्टेसनका रुपमा स्थापित गर्न नपाएको उनले बताए । साझालाई बस छिटो बुझ्न फेरि पत्राचार गर्ने तयारी भइरहेको ती कर्मचारीले बताए ।
साझा यातायातसँग हाल ७१ वटा डिजेल बस र ३ वटा बिजुली बस छन् । ती बसहरु पुल्चोकस्थित साझा यातायातको केन्द्रीय कार्यालयमा पार्किङमा राखिन्छन् । अहिले हस्तान्तरण हुन बाँकी करिब आधादर्जन बिजुली बस पनि पुल्चोकमा आइपुगेका छन् । तर, ती बस पनि चल्न सकेका छैनन् ।
पुल्चोकमा नयाँ किनिएका सबै बिजुली बस अट्दैनन् । साझाले बिजुली बससँगै आफ्ना लागि २० वटा चार्जिङ स्टेसनका मेसिन त किनेको छ, तर ती चार्जिङ स्टेसनहरु कहाँ राख्ने भन्ने टुंगो छैन ।यस्तो अवस्थामा साझालाई फराकिलो पार्किङ स्पेससहितको चार्जङ स्टेसन आवश्यक रहेको साझा यातायातका पदाधिकारीहरु बताउँछन् । बिजुली बसका लागि चार्जिङ स्टेसनसहितको पार्किङ क्षेत्र दिने विषय समग्रमा सार्वजनिक यातायातलाई मर्यादित र व्यवस्थित गर्ने विषयसँग जोडिएको उनीहरुको भनाइ छ ।
साझा यातायातलाई ३ अर्ब रुपैयाँ अनुदान दिएर बिजुली बस किन्न प्रोत्साहित गरेको सरकारले चार्जिङ र पूर्वाधारलाई पनि प्राथमिकता दिएर बिजुली बसको प्रवद्र्धन गर्न वातावरण बनाउर्ने यातायात विज्ञहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा