नेप्से सूचक आज ४१ अंकले घटेर ब्यापार सूचक बाहेकका सबै सूचक राताम्य…

पुस २८, काठमाडौं ।
साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारी गिरावट आएको छ । केही दिनयता लगातार बढेको शेयरबजारमा आज करेक्शन देखिएको हो ।
नेप्से सूचक आज ४१ अंकले घटेर इन्डेक्स २१४९ विन्दुमा कायम भएको छ । प्रधानमन्त्रीलाई देउवाले विश्वासको मत दिँदा शेयरबजार घट्न पुगेको केहि लगानीकर्ताहरुको भनाई छ ।
आज शेयरमार्केट घटेपनि कारोबार भने उत्सापूणर् नै देखिएको छ । नेप्सेमा सूचीकृत २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये ब्यापार सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स इन्डेक्स ३.७० प्रतिशतले घटेको छ भने व्यापार इन्डेक्स ०.६६ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस