तेस्रो स्थानको लागि क्रोयसिया र मोरोक्को बिचको खेल आज



Croatia vs Morocco Team

जारी फिफा विश्वकप २०२२ मा तेस्रो स्थानको लागि क्रोयसिया र मोरोक्कोबिच हुने खेल आज राति ८ः४५(नेपाली समयअनुसार) बजे कतारको खलिफा इन्टरनेसनल स्टेडियममा हुने भएको छ ।

फाईनल प्रवेश गरेका अर्जेन्टिना र फ्रान्सले सेमिफाईनलमा क्रमशः क्रोयसिया र मोरोक्कोलाई ३–० र २–० को अन्तरले पराजित गरेका थिए । तेस्रो स्थानको लागि अघिल्लो खेलमा हार व्यहोरेका क्रोयसिया र मोरोक्कोबिच आज खेल हुने भएको हो । सेमिफाईनलमा पहिलो पटक पुगेको मोरोक्को र पुर्व उप–बिजेता क्रोयसिया बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

यससँगै यो खेल क्रोएसियाका चर्चित खेलाडी लुका मोडरिचको विश्वकप फुटबलमा अन्तिम खेल पनि हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालको फुटबलको स्थिति पछिल्लो समयमा दयनीय अवस्थामा पुगेको छ । सरकारले खेलाडिको उचित संरक्षण गर्न नसक्दा धेरै खेलाडिहरु

काठमाडौं । विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारको तर्फबाट जनही एक

युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको