गठबन्धनको सरकार बन्ने संकेत, गृहकार्यको थालनी
काठमाडौं, ११ मंसिर/ निर्वाचनको मत परिणाम आउनेक्रम सकिनै लाग्दा दलहरु सरकार निर्माणको कसरतमा लागेका छन् । पछिल्लो मत परिणामको अवस्थालाई हेर्दा गठबन्धनमा चुनाव लडेका दलहरुबाट पुन सरकार बनाउन पुग्ने सांसदको संख्या पुग्ने भएपछि सत्ता समीकरणको दिशामा मोडिएका हुन् ।
शनिवार अवेरसम्म दलहरुलाई प्राप्त मतको नतिजालाई हेर्दा गठबन्धनमा रहेका दलहरुले सरकार बनाउन पुग्ने सीट प्राप्त गरेपछि सरकार बनाउने विषयमा ती दलका नेताहरुले छलफललाई तिब्र पारिरहेका खबरहरु आईरहेका छन् । निर्वाचनमा प्रत्येक्ष विजयी उम्मेदवारहरुको संख्यामा समानुपातिक प्रणालीबाट थपिने प्रतिनिधि सभाका सदस्यहरुको संख्या जोड्दा गठनबन्धन नतोडिएको अवस्थामा सरकारमा जान गठनबन्धनका दलहरुलाई अवसर प्राप्त भएको राजनीतिक विष्लेशकहरुको दावी छ ।
सरकारमा जान पुग्ने सदस्यहरुको संख्या निकट रहदै गर्दा नै नेपाली कांंगे्रसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रारम्भिक छलफल समेत भईसकेको छ । यसका साथै प्रधानमन्त्री देउवासँग कुटनीतिकस्तरका अधिकारीहरुले समेत भेटघाट बढाउँदै लगेका खबरहरु आईरहेका छन् ।
सरकार बनाउने गृहकार्यमा गठनबन्धनभित्रका ठूला दलहरु विशेष रुपमा अघि बढी सकेका छन् । गठबन्धन दलका अध्यक्षहरुले हार व्यहोर्न नपरेपछि सरकार बनाउन लिनु पर्ने निर्णयमा समेत बाधा नआउने राजनीतिक चर्चा चुलिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

