
काठमाडौं, १० मंसिर/ गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको धमाधम मतगणना कार्य जारी रहदा प्रतिनिधि सभाको केहि स्थानमा मतगणना कार्य स्थगित भएको छ । प्रतिनिधि सभामा इलाम जिल्लाको क्षेत्र नं. २ र सुन्सरी जिल्लाको क्षेत्र नं. ४ मा मतगणना स्थगित भएको हो ।
मतगणना कार्य अन्तिम चरणमा पुग्नै लाग्दा संविधान सभाका सभामूख नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेस नेता डम्बरबहादुर खड्काबीच देखिएको कडा प्रतिष्पर्धामा मतगणना भईरदा ४० वटा मतपत्र हराएको र ४० वटा मतपत्रमा निर्वाचन मतदान अधिकृतको हस्ताक्षर नभएको फेलापरेपछि उत्पन्न विवादपछि मतगणना कार्य अबरुद्ध भएको मतदानस्थलबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ । इलाम नगरपालिकाको वडा नं. २ मतगणना गर्नेत्रममा उक्त मतपत्र हराएको र मतदान अधिकृतको हस्क्षार नभएको मतपत्र फेला परेको थियो ।
त्यसैगरी सुनसरी जिल्लाको क्षेत्र नं. ४ पनि मतगणना स्थगित भएको छ । मतगणनामा धाधली भएको भन्दै विवाद उत्पन्न भएपछि सर्वदलीय बैठकसमेत प्रभावित बन्न पुगेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यहाँ हुने मतगणनाको कार्य अनिश्चित समयका लागि स्थगित गरेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसाक उम्मेदवार सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतबीच अन्तिम प्रतिष्पर्धामा चुनावी नतिजा आईरहदा ६ सय ६ मत हिनामिना भएको आरोप लगाउदै नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त मतगणना आफूलाई मान्य नहुने भनेपछि विवाद उत्पन्न भएको बताइएको छ ।