४ पटकको विश्वकप विजेता जर्मनीमाथि जापानको शानदार विजय



काठमाडौं, ७ मंसिर / फिफा विश्वकपको २२ औं श्रृङ्खला अन्तर्गत कतारको खालिफा अन्तर्राष्ट्रिय खेल मैदानमा जारी समूह ‘इ’ को खेलमा जापानले जर्मनीमाथी रोचक जित हासिल गरेको छ । जापानले ४ पटक विश्वकप विजेता जर्मनलाई २–१ फरकमा हराएको हो ।
विश्वकप फुटबलमा जापानलाई अप्रत्यासित नतिजा दिलाउन खेलाडीहरुले देखाएको साहसलाई खेलप्रेमीहरुले अप्रत्याशित जीत भनेका छन् । समूह इ को खेलमा एसियाली राष्ट्र जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्मनीमाथि अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै ३ अंक जोडे ।
मैदानमा प्रवेश गरेका वैकल्पिक खेलाडीहरु रित्सु दोअन र ताकुमा असानोले जापानको लागि गोल गरेका थिए । यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा जापानसँग पराजित जर्मनीलाई जापानले विश्वकपमा पहिलो पटक भिड्दा नै जित हात पार्न सफल भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा