४ पटकको विश्वकप विजेता जर्मनीमाथि जापानको शानदार विजय
काठमाडौं, ७ मंसिर / फिफा विश्वकपको २२ औं श्रृङ्खला अन्तर्गत कतारको खालिफा अन्तर्राष्ट्रिय खेल मैदानमा जारी समूह ‘इ’ को खेलमा जापानले जर्मनीमाथी रोचक जित हासिल गरेको छ । जापानले ४ पटक विश्वकप विजेता जर्मनलाई २–१ फरकमा हराएको हो ।
विश्वकप फुटबलमा जापानलाई अप्रत्यासित नतिजा दिलाउन खेलाडीहरुले देखाएको साहसलाई खेलप्रेमीहरुले अप्रत्याशित जीत भनेका छन् । समूह इ को खेलमा एसियाली राष्ट्र जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्मनीमाथि अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै ३ अंक जोडे ।
मैदानमा प्रवेश गरेका वैकल्पिक खेलाडीहरु रित्सु दोअन र ताकुमा असानोले जापानको लागि गोल गरेका थिए । यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा जापानसँग पराजित जर्मनीलाई जापानले विश्वकपमा पहिलो पटक भिड्दा नै जित हात पार्न सफल भएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

