पारिजीताको शीर्ष १० औं स्थानमा प्रवेश



काठमाडौं, ७ मंसिर / नेपाली मुलकी १७ वर्षीया किशोरी पारिजीता बास्तोल अमेरिकामा सञ्चालन भईरहेको गायन प्रतियोगिता ‘द भ्वईस’ को शीर्ष १० औं स्थानमा प्रवेश भईकी छिन् । पास्तोलालाई गत सोमबार अर्थात नोवेम्बर २१ को दिन भएको अडिशनमा जोडदार प्रस्तुति दिएपछि उनलाई प्राप्त मतका आधारमा १० औं स्थानभित्र प्रवेश गर्न सफलता मिलेको हो ।
‘द भ्वाईस’ को शीर्ष १३ औ स्थान भित्र पुगेकी सशक्त प्रतियोगी पारिजितालाई नोभेम्बर अडिशन सम्पन्न भएको अर्कोदिन अर्थात मंगलबार १० मा पर्ने प्रतियोगीहरुको नाम घोषणा गर्ने क्रममा ३ जना प्रतियोगीहरु बाहिरिएपछि उनी शीर्ष १० औं स्थानमा पुगेको श्रोतले जनाएको छ ।
बेलायती गायिका अडेलको ‘अल आई आस्क’ बोलको गीत प्रस्तुत गरेर अमेरिकी द भ्वाइसको २२ औ सृङ्खलामा १७ उनी १३ प्रतिष्पर्धीहरुमा पारिजीताको प्रस्तुति उत्कृष्ट प्रस्तोताभित्र पुग्न सफल भएको थियो । पारिजीतालाई बिश्वभरि छरिएर रहेका नेपाली तथा बिदेशीहरुले मत दिएको कारण उनि १० औ स्थान भित्र पर्न सफल भएकी थिईन् ।
उनलाई हौसला दिदै भर्जिनियाको स्यानटिली शहरमा मतदान गर्न नेपाली समुदायहरु भेला भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ६ चैत्र । मानव जीवनमा कति के खालका विपत्ती आउन सक्छन् त कति बेला कस्ता सुखद समय आउन सक्छ

काठमाडौं, ५ चेत्र / नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघको नेतृत्व कलाकार एवं निर्देशक र लेखक मोहन

अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक भएको छ । चलचित्रमा अनमोल केसी मेनडग चरित्रमा देखिनेछन् । १ मिनेट