रास्वपाका सभापति लामिछानेद्वारा निर्वाचन आयोगमा स्पष्टीकरण



भरतपुर, ६ मंसिर / धमाधम चुनावी परिणाम आईरदा उम्मेदवारको विवादस्पद नागरिकताको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण पत्र बुझाएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र २ मा उम्मेदवारी दिएका सभापति लामिछानेले स्पष्टीकरण पत्र बुझाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका पार्टी समापति रवि लामिछाने चुनावी प्रचार प्रसारमा रहदा उम्मेदवार लामिछानेले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता खारेज भएको र त्यहि नागरिकता समावेश गरेर निर्वाचनमा उम्मेदवारी दिएकोले उमैदवारी रद्द गर्न उजुरी परेका कारण उनले निर्वाचन आयोगमा आज स्पष्टीकरण बुझाएको बताइएको छ ।
उजुरीमा नेपाली नागरिकता लिन आवश्यक प्रकृया थालनी नगरिएको र खारेजी भएको नागरिकता पेश गरी उम्मेदवारी दर्ता गराएको विषयमा निर्वाचन आयोगले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगले भनेको कारण उम्मेदवार लामिछानेले उक्त स्पष्टीकरण चितवनका मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरणपत्र शिलबन्दी गरेर बुझाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा पेश गरिएको उक्त स्पष्टीकरणपत्र जस्ताको त्यस्तै निर्वाचन आयोगमा पठाईने र यसका निर्णय आयोगले नै गर्ने जानकारी दिईएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा