मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी



चामे, ५ मंसिर / दोश्रो संविधान सभामा मनाङबाट सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा मनाङबाटै निर्वाचित भएका छन् । नव निर्वाचित गुरुङ एमालेका प्रतिष्पर्धी निवर्तमान सांसद पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरी निर्वाचित भएका हुन् ।


प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ५ सय ७५ मत हासिल गरी विजय प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार प्रतिनिधि सभामा निवर्तमान सदस्य पोल्देन छोपाङ गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।
मनाङमा ४ हजार ८ सय ४५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ । कुल ६ हजार ७ सय ७९ मतदाता रहेको हिमाली जिल्ला मनाङ नेपालकै सबभन्दा कम मतदाता रहेको जिल्ला हो । प्रदेश सभा सदस्य पदका लागि मनाङ १ बाट नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजङ गुरुङले नेकपा एमालेका राजन गुरुङलाई पराजित गरी विजय प्राप्त गरेका थिए भने निर्वाचन २ मा राजिव गुरुङ सर्वसम्मतिबाट प्रदेशसभा सद्रस्य चयन भईसकेका छन् ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसले मनाङको छिमेकी जिल्ला मुस्ताङबाट विजयको शुरुवात गरी मनाङबाट समेत विजय हात पार्न सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा