प्रदेश सभाको मनाङ १ मा नेपाली कांग्रेस विजयी
चामे, ५ मंसिर / प्रदेशसभा सदस्य पदको निर्वाचनमा हिमाली जिल्ला मनाङको गण्डकी प्रदेश सभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका राजन गुरुङलाई हराउँदै विजय हासिल गरेका हुन् ।
प्रदेश सभा सदस्य पदका लागि मनाङ १ मा २२१०्र मत खसेकोमा ६ वटा मत बदर हुँदा १२५५ मत प्राप्त गरी विजयी हासिल गरेको निर्वाचन स्थलमा रहेका हाम्रा सम्वाददाता विकास बजगाईले जानकारी दिएका छन् । विजयी मुनिन्द्रजङ गुरुङका निकतम् प्रतिद्वन्दी एमालेका राजन गुरुङले ९२्र५ मत प्राप्त गरेका छन् भने मनाङ प्रदेश १ मा राप्रपाको हलो चिन्हमा २३ मत खसेको छ ।
त्यस्तै प्रदेश सभाको निर्वाचनमा मनाङ १ मा खसेको मतमध्ये ६ मत बदर भएको बताईएको छ । त्यस्तै मनाङमा प्रतिनिधि सभाको अन्तिम मत गणनाको नतिजा पनि छिट्टै सार्वजनिक हुने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

