हिमालपारीको जिल्ला मनाङमा शुरु भयो मतगणना



चामे, ५ मंसिर / प्रतिनिधिसभा तथा प्रदेशसभाको हिजो सम्पन्न मतदानको हिमालपारीको जिल्ला मनाङमा पनि मतगणना शुरु भएको छ । प्रतिनिधि सभाको एक र प्रदेशसभाका २ निर्वाचन क्षेत्र रहेको मनाङमा अहिले मध्यान्हपछि आवश्यक प्रकृया पूरा गरी मतगणना कार्य शुरु गरिएको हो ।
मनाङमा मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधि सभाको मतगणनाको नतिजा आउन शुरु भएको तातोखबर डटकमका मनाङसम्वादाताले बताएका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका लागि ९८५ मत गणना हुँदा नेकपा एमालेले ५९४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३८८ मत प्राप्त गरेको र राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चिन्हमा कुनै मत हासिल नगरेको र ३ मत बदर भएको निर्वाचन अधिकृतको को कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेश सभाका लागि मनाङ ‘क’ मा प्राप्त पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका मुनिन्द्रजङग् गुरुङले २९४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजन गुरुङले ४७८ मत र राप्रपाका मिफल ढोंडु लामाले ९ मत मात्र प्राप्त गरेका छन् । अहिलेसम्म ३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा