छिट्पुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण, समग्रमा ६१ प्रतिशत मतदान भएको आयोगको अनुमान

काठमाडौं, ४ मङ्सिर / प्रतिनिधि सभा र प्रदेश सभाको यस वर्ष सम्पन्न गरिएको निर्वाचनमा अनुमानित ६१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले आईतवार साँझ पत्रकार सम्मेलन गरी आज सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको हो ।
प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य पदका लागि आज भएको निर्वाचन बिहान ७ बजेदेखि सुरू भई साँझ ५ बजेसम्म मतदान सञ्चालन भएको निर्वाचन आयोगका प्रमूख आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यो प्रतिशत जानकारी दिने समयसम्म निर्वाचन प्रणालीमा प्रवेश गरिएको मतदान प्रतिशत हो ।
सबै मतदानको बिबरण प्राप्त भएपछि यो प्रतिशत अझ बढ्न सक्ने आयोगले अनुमान गरेको छ । निर्वाचन आयोगले अपेक्षा गरेकोभन्दा केही कम प्रतिशत मतदान भएको भन्दै प्रमूख आयुक्त थपलियाले भने ‘आईतवार १५ स्थानमा मतदान स्थगित भएको छ । स्थगित भएका ठाउँहरुमा दुई दिनभित्र मतदान गरिनेछ ।’
उक्त पत्रकार सम्मेलनमा आयोगका प्रमूख आयुक्त दिनेश थपलियाले मतदान सम्पन्न भएका केन्द्रहरुबाट मतपेटिक संकलन गरी आज रातिबाटै मतगणनाको प्रकृया शुरु गरिने पनि बताएका छन् । उनले आजबाट ८ दिनभित्र निर्वाचनका सबै कार्य सम्पन्न गरी मतपरिणाम आईसक्ने समेत दावी गरे ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application