हिमाली जिल्ला मनाङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
मनाङ, ४ मंसिर / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनमा हिमाली जिल्ला मनाङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाका ४ वटा स्थानीय तहका २९ मतदानस्थलमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो ।
मनाङमा झण्डै ७३.३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । प्राप्त जानकारीअनुसार निर्वाचनको निर्धारित तालिकाबमोजिम विहान ७ बजेबाट शुरु भएको मतदान कार्य सबै मतदान केन्द्रहरुबाट कुनै अवरोध सृजना नभई सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ ।
हिमाली जिल्ला मनाङमा कारागार अस्थायीसहित जम्मा २९ मतदान केन्द्र रहेका छन् । मनाङमा कूल मतदाताको सङ्ख्या ६ हजार ७ सय ७९ छ रहेको छ जसमा महिला ३ हजार ४ सय ९८ र पुरुष ३ हजार २ सय २१ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

