देशभर धमाधम मतदान, सय वर्षमाथीका केहि मतदाताहरुले पनि गरे मतदान, ठाउँ ठाउँमा शंकास्पद वस्तु फेला, कतै झडपको स्थिति



काठमाडौं, ४ मंसिर / प्रतिनिनिध सभा तथा प्रदेश सभाको दोश्रो निर्वाचनमा देशभरका मतदानस्थलहरुमा धमाधम मतदान भईरहेको छ । मतदाताहरु निर्वाचनमा उत्साहपूर्वक मत मतदान गरिरहेका छन् । निर्वाचनमा सय वर्षभन्दा माथिक मतदाताहरुले पनि मतदान गरेका छन् ।

मतदान कार्य सम्पन्न भएपछि आज राति ९ बजेबाट मतगणना शुरु गरिने भएको छ । हिमाली र दुर्गम क्षेत्रबाहेक मतदान कार्यसकिएपछि आज रातिबाट मतगणना शुरु गरिने निर्वाचन आयोगका प्रमूख आयुक्त दिनेश थपलियाले बताएका छन् । हिमाली तथा दुर्गम क्षेत्रको मतगणना भने भोली विहानबाट शुरु गरिने बताईएको छ ।

प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य पदका लागि सञ्चालन भईरहेको मतदानस्थलमा १०७ वर्षसम्मका बृद्धले मतदान गरेको आयोगश्रोतले जनाएको छ । मतदान प्रकृया चलिरहदा केहि मतदानकेन्द्रहरुमा विवाद उत्पन्न भएर झडप समेत भएको छ भने केही मतदाताहरुमा त्रास फैलाउने गरी मतदानकेन्द्र नजिक शंकास्पद वस्तुहरु राखिएको समेत फेला परेको समाचारहरु आईरहेका छन् ।

यसैक्रममा रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा