देशभर धमाधम मतदान, सय वर्षमाथीका केहि मतदाताहरुले पनि गरे मतदान, ठाउँ ठाउँमा शंकास्पद वस्तु फेला, कतै झडपको स्थिति
काठमाडौं, ४ मंसिर / प्रतिनिनिध सभा तथा प्रदेश सभाको दोश्रो निर्वाचनमा देशभरका मतदानस्थलहरुमा धमाधम मतदान भईरहेको छ । मतदाताहरु निर्वाचनमा उत्साहपूर्वक मत मतदान गरिरहेका छन् । निर्वाचनमा सय वर्षभन्दा माथिक मतदाताहरुले पनि मतदान गरेका छन् ।
मतदान कार्य सम्पन्न भएपछि आज राति ९ बजेबाट मतगणना शुरु गरिने भएको छ । हिमाली र दुर्गम क्षेत्रबाहेक मतदान कार्यसकिएपछि आज रातिबाट मतगणना शुरु गरिने निर्वाचन आयोगका प्रमूख आयुक्त दिनेश थपलियाले बताएका छन् । हिमाली तथा दुर्गम क्षेत्रको मतगणना भने भोली विहानबाट शुरु गरिने बताईएको छ ।
प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य पदका लागि सञ्चालन भईरहेको मतदानस्थलमा १०७ वर्षसम्मका बृद्धले मतदान गरेको आयोगश्रोतले जनाएको छ । मतदान प्रकृया चलिरहदा केहि मतदानकेन्द्रहरुमा विवाद उत्पन्न भएर झडप समेत भएको छ भने केही मतदाताहरुमा त्रास फैलाउने गरी मतदानकेन्द्र नजिक शंकास्पद वस्तुहरु राखिएको समेत फेला परेको समाचारहरु आईरहेका छन् ।
यसैक्रममा रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

