पूरा भयो देशभर निर्वाचनको तयारी

काठमाडौं, ३ मंसिर/ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको लागि हुने निर्वाचनका सबै तयारी शनिवार साँझसम्म पूरा भएको छ । आयोगले आईतवार हुने निर्वाचनको सबै प्रकृया पूरा गरेको हो ।
निर्वाचनमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगका प्रमूख आयुक्त दिनेश थपलियाले समस्त मतदाताहरुलाई अपिल पनि जारी गरेका छन् । आईतवार सञ्चालन हुने मतदान प्रकृयाका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना तथा निर्वाचन सामाग्रीको व्यवस्थाका साथै आवश्यक जनशक्ति र सुरक्षाकर्मीको प्रबन्ध मिलाईएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यसैबीच निर्वाचन आयोगले मतदान केन्द्रहरुमा चाहिने जति सामाग्रीहरु उपलब्ध गराईसकेको र मतदान कार्य सम्पन्न भईसकेपछि मतपेटिका संकलन गरी मतगणनास्थलमा ढुवानीको पनि उचित ढङुगबाट प्रबन्ध मिलाईएको निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन् ।
प्राप्त पछिल्लो जानकारी अनुसार कतिपय मतगणनास्थलमा सिसीक्यामेरा जडान कार्य तथा ताराजालीको लगाउने काम भईसकेका छन् भने कतिपय मतगणना स्थलमा बाँसको घेरा लगाउने काम गरिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस