मल आयातमा स्वीस सिंगापुरले पायो ५ अर्बको ठेक्का



काठमाडौं, २ मंसिर / रासायनिक मल आयात गर्न स्वीस सिंगापुर कम्पनीले ५ अर्ब रुपैयाँको ठेक्का पाएको छ । चैतमा लगाउने धान तथा मकैको सिजनका लागि ५० हजार मेट्रिकटन रासायनिक मल आयात गर्न ठेक्का लागेको हो ।
सम्झौता गर्ने तयारी समेत भईरहेको उक्त परिमाणको डिएपी र युरिया मल आपूर्ति गर्न गत महिना सार्वजनिक बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
ठेक्का सम्झौता भएपछि युरिया मल ३० हजार मेट्रिकटन र डिएपी मल २० हजार मेट्रिकटन आयात गरिनेछ । उक्त परिमाणको मल खरिदका लागि झण्डै ५ अर्ब रुपैया लगानी हुने र यो रकम मुल्याङ्कन रकमभन्दा सस्तोमा ठेक्का लागेको कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताए ।
डीएपी मल प्रति मेट्रिकटन ९ सय ३३ डलर रहेकोमा ८ सय ७८ डलर ४४ सेन्ट र युरिया मल प्रति मेट्रिकटन ४ सय ४७ डलर मूल्यांकन रहेकोमा स्वीस सिंगापुरले ७ सय ४० डलरमा सबै भन्दा कम मूल्यमा खरिद प्रस्ताव गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा