NTC - FTTH

अनुगमनका लागि निर्वाचन आयोगले घुम्ती टोली परिचालन गर्ने

Meri Uni Lai - Global IME Bank
nirbachan-aayog

काठमाडौं, १ मंसिर/ निर्वाचनको पूर्व सन्ध्यामा चुनावी क्षेत्रहरुमा पछिल्लो अवस्थामा आउन सक्ने संवेदनशीलताको अनुगमन गर्न निर्वाचन आयोगले देशका विभिन्न स्थानहरुमा घुम्ती टोली परिचालन गर्ने भएको छ । दल तथा उम्मेदवार र समर्थकहरुले निर्वाचनको मौन अवधिमा मतदाताहरुलाई प्रभावित पार्न सक्ने क्रियाकलाप रोक्न आयोगले घुम्ती टोली परिचालन गर्न लागेको हो । उनका अनुसार टोलीले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकार समेत प्रयोग गर्नेछ ।
टोलीले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायतको संयुक्त अधिकारीसहितको घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचनको मौन अवधि शुरु हुने समयदेखि अर्थात मंंसिर १ गते राति १२ बजेदेखि ४ गते मतदान नसकिँदासम्मको समय संवेदनशील हुने र त्यो बेलामा मतदातालाई प्रभावित पार्न रकम बाँड्ने, भोजभतेर गर्ने लगायतका गुनासा यसअघिका मतदानका क्रममा पनि आउने गरेका कारण यस्ता विषयमा स्थानीय सुरक्षाकर्मीसहित आयोगबाट पठाईएको टोलीले अनुगमन गर्ने निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए ।
अति संवेदनशील ठाउँहरु, विगतकोे इतिहासमा र विभिन्न कालखण्डमा भौगोलिक विकटता भएको ठाउँमा अनुगमन टोलीलार्य सम्पूर्ण अधिकार दिएर पठाईने आयुक्त पौड्यालले जानकारी दिए । उनले भनेका छन् ‘शान्ति सुरक्षा भङ्ग गर्ने प्रयास भएमा गोली चलाउन समेत आदेश दिनसक्ने गरी अधिकार प्रत्यायोजन भएको छ ।’
मौन अवधिमा गैरकानूनी र आचारसंहिता विपरित काम गरेमा तत्काल कारकाही गर्न पाउने गरी पठाउन लागिएको टोलीलाई दुर्गम, मतदान केन्द्र नै कब्जा हुने स्थिति भएको अनि जोखिमपूर्ण ठाउँहरुलाई समेट्ने गरी खटाईने र सकेसम्म मतगणना सम्पन्न गरेर मात्रै फर्कने गरी म्याण्डेट दिइने आयोगले जनाएको छ ।

Advertisement:nirbachan-aayog
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra